प्युठान, ऐरावती गाउँपालिका वडा नं ३ को आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडा नं ३ का वडा अध्यक्ष पदमबहादुर जि.सि. को अध्यक्षता, गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथित्यता, टोल बिकास संस्थाका प्रतिनिधिहरू र वडा भित्र रहेको कार्यलय प्रमुखहरूको उपस्थितिमा ३ गते कार्यक्रम उद्घाटन भएको कार्यक्रम ४ गते एक कार्यक्रमका बिच समापन भएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार दह पोखरी टोल बिकास संस्थाले प्राप्त गरेको छ । दोस्रो पुरस्कार माण्डवि टोल बिकास संस्थाले प्राप्त गरेको छ । तेस्रो पुरस्कार राम्रीथुम टोल विकास संस्थाले प्राप्त गरेको छ। प्रतियोगितामा अनुशासित खेलाडीको उपाधि ईश्वर पुनले पाएका छन , त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि अर्जुन राउतले पाएका छन । प्रतियोगितामा ९ टिम सहभागी भएका थिए
ऐरावती ३ जाबुनेमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न प्रथम दह पोखरी टोल बिकास संस्था








