दाङ,

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। उनले बिहीबार ८ दलका ५३ सांसदहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक सांसदको समर्थन रहेको छ।

२०८० बैशाख १४, बिहीबार प्रकाशित