प्युठान, ऐरावती गाउँपालिका वडा नं १ सिर्सेनीमा बैशाखे पुर्णिामा को अवसरमा प्रत्येक बर्ष घाटु मेला लाग्छ ।
मेलामा गुरूङ सांस्कृतिक प्रस्तुति घाटु नाच ,हास्य व्यङ्ग्य गराउने स्वाए नाच,सिर्सेनी युवा क्लबबाट सांस्कृतिक कार्यक्रमहरू , साथमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेला सम्बन्धि सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । ऐरावती गाउँपालिका र वडा नं १ को आर्थिक सहयोग घाटु नाच व्यवस्थापन समितिको र सिर्सेनी युवा क्लबको सहआयोजना र सिर्सेनी टोल विकास संस्थाको आयोजनामा मेला हुन लागेको हो। मिडिया पार्टनर ऐरावती अपडेट डटकम रहेको छ । मेला अवधिभर मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवन गरेको पाइएमा कडा कार्वाही गर्ने आयोजकले चेतावनी दिएको छ ।
समाचार राम्रो लागेमा सेयर गर्नुस ।