प्युठान, ऐरावती गाउँपालिकाको आयोजनामा ओम राजश्री मल्टी एग्रो प्रा.लि को प्राबिधिक सहयोगमा “स्थानीय श्रोत र साधन,रोजगारी सिर्जनाको प्रमुख आधार” भन्ने मुल नारा सहित महिलाहरुको लागी मकैको पोक्सर र थाकलका पात बाट हस्तकलाका बिभिन्न सामाग्रीहरु उत्पादन गर्ने उद्येश्यका साथ २०८०/०२/२३ गते देखी असार १० गते सम्म सञ्चालन हुने २० दिने सिपमुलक तालिम गाउँपालिकाको सभाहलमा उद्घाटन भएको छ । तालिम १४ जना महिला र १ जना पुरूष गरी १५ जना सहभागी भएका छन