✍️ अनुपराज पाण्डे(असिम)
प्युठान, असार २२ गते शुक्रबार
ऐरावती गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चन्द्र रोका मगर । असार २२ गते बिहीबार आफ्नो निजी मोटरसाइकलमा चढेर गाउँपालिकाको कार्यलय ऐरावती २ ददेरीपाटा आए । उनलेे मोटरसाइकलमा आफु सँगै एउटा फरूवा लिएर आएका थिए । उनलेे ल्याएको फरूवा अन्य कुनै प्रायोजन का लागि नभएर बाटो मर्मत गर्नका लागि थियो
बर्खा लगेपछि धेरै बाटोहरू अवरुद्ध हुने हुँदा उनले मोटरसाइकलमा फरूवा बाँधेर यात्रा गर्ने बताउँछन् ।
उनी वडा भित्र हुने जनश्रमदानहरूमा सक्रिय रूपमा उपस्थित भैरहेका हुन्छन् । उनलेे विभिन्न ठाउँमा जनश्रमदान गरेका फोटोहरू र स्टाटस सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिरहेका हुन्छन् उनका केही पोष्टहरूमा (हर्क साम्पाङ लाई उछिन्नु पर्छ ) भन्ने कमेन्टहरू आउँछन उनलाई ती र त्यस्ता कमेन्ट देख्दा खुसि लाग्ने अध्यक्ष बताउछन्
उनले २ पटक वडा नं ५ का जनताको मन जितेका छन उनी २०७४ र २०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
उनी कहिले बिधालयमा पुगेर शिक्षकले पढाएको कक्षाको पछाडि बसेर हेर्छन् त कहिले किसानको टनेलमा पुग्छन्
उनी कहिले जनताको घरमा विधुत मर्मत गर्न BPC का कर्मचारी संगै पुग्छन्
उनले बिधालयमा पुगेर बिधार्थीलाई लेख्न पढ्न पनि सिकाउँछन्
उनी पालिका स्तरीय योजना अनुगमन समितिका सदस्य पनि हुन , उनले योजना अनुगमनका क्रममा सिर्सेनीमा वडा नं ६ का वडा अध्यक्ष संग आरा लगाएका हुन ।
रोका अहिले अहिले ४१ बर्षका भए उनले स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठान बाट अङ्ग्रेजी बिषयमा स्नातक गरेका छन । उनी अहिले नेपाली काङ्ग्रेस प्युठानको प्रवक्ता छन ।