साउन १८, बिहीबार ✍️ सन्तोष सुनार
प्युठान, जिल्लाको ऐरावति गाउँपालिकामा पहिरोबाट विस्थापित परिवार माथि चोरको पनि आक्रमण भएको छ । गत बर्ष असोज १९ गते परेको अविरल बर्षाको कारणले ऐरावती गाउँपालिका वडा नं ४ को तिघ्रापातालमा गाउँ माथिको जमिन धाँजा फाट्ने र चर्किए पछि गाउँ पहिरोको जोखिमको पर्यो र गाउँमा रहेका २५ घर परिवार गाउँनै छाड्न बाध्य भए । उनीहरू गाउँ छाडेर गाउँ देखि नजिकैको बिधालय बिधालयमा करिव दुइ महिना बसेका थिए ।
उनिहरु हिउँद लागेपछि गाउदेखि माथि ढाडे लेखमा गाउपालिकाको सहयोगमा त्रिपाल लिएर बसेको स्थानियले बताएका छन । बसेको ठाउमा महत्वपुर्ण सामाग्री सुरक्षित नभएको र सामानहरू घरमा राखेका थिए सामान घरमा रहेको र मानिसहरू घरमा नभएको समयमा बुधवार राति करिब ७ घरमा चोरी भएको छ ।
स्थानीय सुकमाया बुढाको घरमा आधा तोला सुन, एक गत्ता तेल, धुल बुढा मगरको घरमा १५०० सय नगत विदेशी टर्च लाइट, तेज बहादुर विकको घरबाट २ हजार नगद , तिन वटा नयाँ ज्याकेट र पाइन्ट सट चोरी भएको र मनु बुढा मगर , होम बहादुर विक, बेद बहादुर विक , लिला बुढा मगरको घरमा तोडफोड भएको स्थाीय दुर्ग बहादुरले जानकारी दिए । उक्त चोरी भएको घटना आज विहान ६ बजे घरको रेखदेख गर्न गएको समयमा थाहा भएको सुकमाया बुढा मगरले बताईन । ”प्राकतिक प्रकोपबाट त सुरक्षित रहेनौ अब मानवबाट पनि असुरक्षित भएको महसुस भयो” उनले भनिन् ।
वडा नं ४ का वडाअध्यक्ष शंकर बहादुर भण्डारीले चोरी नजिकैको र थाहा भएको मानिसबाट नै भएको बताएका छन । चोरलाई छिट्टै पत्ता लगाउने उहाँको भनाई रहेको छ । चोरी भएको थाहा पाएपछि तत्काल पुगेका अस्थाई प्रहरी पोष्ट कैरनका प्रहरी सहायक निरिक्षक विष्णु सुनारले तिव्र रुपमा अनुसन्धान भईरहेको बताए ।








