प्युठान,ऐरावती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

“बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ऐरावती का ६ वटै वडामा रहेका विद्यालयहरूमा वक्तृत्वकला,कुर्सी दौड,हिसाब दौड,हाजिरी जवाफ र तिज गीत तथा नृत्य प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा सहभागी भई उच्च स्थान हासिल गर्नेहरूका लागि गाउँपालिका र कालिका बिकास केन्द्र नेपाल प्युठानले पुरस्कारको व्यवस्था गरेको थियो ।