प्युठान, यश बर्ष बिजुलीकोट मा बिहान ठिक ९ बजे देवता बाहिर निकालिने भएको छ ।

पुर्वी प्युठानको प्रसिद्ध धार्मिक कोट बिजुलीकोट मा हरेक बर्ष घटस्थापनाको दिन विधिवत रूपमा जमरा राखी पुजारी,खडका र ब्राह्मण कोटमै बसि ८ दिन विभिन्न ८ दुर्गा को पुजा गरिन्छ र महानवमी को दिन नौ दुर्गाको विधिवत पुजा गरिन्छ । बिजुलीकोट देवी संग भाकल गरि मागेका कुरा पुगेमा खड्क भगवती देवी लाई बोका,पाडा को बली दिइन्छ र परेवा पानी पारेर उडाईन्छ,सुन, चाँदी जस्ता अमुल्य धातुहरू पनि चढाइन्छ । नवमीको दिन करिब १० हजार श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव चन्द्रबहादुर रानाले बताउनु भयो । यश बर्ष मन्दिरमा चढाउने पाठाको दर्ता शुल्क रू ४०० पाडाको दर्ता शुल्क रू५०० परेवा पानी पारेको रू५० परेवा किनेर पानी पारेको रू१५० र खेलौना पसल,होटल रू ८०० रिङ खेल रू ८०० कस्मेटिक तथा फेन्सी रू ५०० निर्धारण गरेको छ ।