प्युठान, सिर्सेनी तमु समाज ऐरावती १ सिर्सेनी ले भोलि पौष १५ गते तमु ल्होसार विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । सिर्सेनी तमु समाजले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि ल्होसार मनाउने भएको हो ।

 

तमु(गुरूङ) हरूले तमु ल्होसार लाई हरेक बर्ष पौष १५ गतेलाई नयाँ बर्षका रूपमा मनाउँदै आएका छन । 

समाजलेखुल्ला जुनियर महिला पुरुष भलिबल प्रतियोगिता , एकल तथा सामुहिक नृत्य प्रतियोगिता, घैटोफोर , रस्साकस्सी, घाँटुनाँच , सोरठी, झ्याउरे,सिर्सेनी युवा क्लबको विशेष प्रस्तुति , झाँकि प्रदर्शन , स्थानीय कलाकारको विभिन्न प्रस्तुति रहने जनाएको छ ।

कार्यक्रम सिर्सेनी खेलकुद मैदानमा १५ गते

बिहान १० बजे सुरु भई साँझ ७ बजेसम्म चल्ने आयोजक ले जनाएको छ । खेलकुद प्रतियोगिता भने पौष १३ र १४ गते नै सम्पन्न भैसकेको छ ।