केशर सुनार,प्युठान।
राप्ती साहित्य परिषद् प्युठान शाखाको पन्ध्रौं साधारण सभा तथा पाँचौ अधिवेशन र रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
साधारण सभा सँगै भएको अधिवेशनबाट रामप्रसाद पोख्रेल अध्यक्षमा सर्वसम्मत विजयी भएका छन् ।उपाध्यक्षमा श्यामबहादुर बिस्ट,सचीवमा लोकेन्द्र जिसी,सहसचिवमा लक्ष्मी मगर ‘संघर्ष’ , र कोषाध्यक्षमा टिकाराम रिजाल विजयी भएका हुन् ।त्यस्तै सदस्यहरुमा के आर सुनार,भुपेन्द्र केसी,भावना पुरी,शान्ति पण्डित,सिमाना विक,बिमा परियार विजयी भएका छन् ।
परिषद्को सल्लाहकार समितिमा भूतपूर्व अध्यक्षहरु सुशील पोख्रेल,टोपाराम आचार्य,कमल पोख्रेल,देवेन्द्र कुमार रिजाल र विमला खनाललाई मनोनयन गरिएको परिषद्का सचिव लोकेन्द्र जिसीले बताए।
कार्यक्रममा साहित्यप्रेमी,सञ्चारकर्मी,विद्यार्थी लगायतका व्यक्ति गरि ६० जना बढीको उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थिति साहित्य अनुरागी व्यक्तिहरुले आफ्ना विभिन्न रचना वाचन गरेका थिए।राजकुमारी कुँवरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भने लोकेन्द्र जिसीले राखेका थिए।







