प्युठान,
नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) विजुवार ,प्युठानको आयोजना र ऐरावती गाउँपालिकाको समन्वयमा ऐरावती २ बरौंलामा रहेको पुरन्ठाँटी स्वास्थ्य चौकीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा १०७ जना पुरुष र १३४ जना महिला गरि २४१ जनाले सेवा लिएका हुन ।ती मध्ये ७४ जनालाई चश्मा वितरण गरिएको र १५ जनाको मोतिबिन्दुको शल्यक्रियाकाे लागि चैत्र २९ गते आँखा अस्पताल विजुवारमा रिफर गरिएको छ । 







