अनुपराज पाण्डे । प्युठान, उत्थानशील समुदाय विकासको लागि जीविकोपार्जन तथा शिक्षा सबलीकरण कार्यक्रम (BELIEF) को ऐरावती गाउँपालिकाको वडा नम्बर २,४,५ र ६ मा विलिफ कार्यक्रमको शुरूवाती बैठक सम्पन्न भएको छ ।

स्ट्रोम फाउण्डेसन र कालिका विकास केन्द्र नेपालको साझेदारीमा र ऐरावती गाउँपालिकाको समन्वयमा सन् २०२४ अप्रिल १ देखि सन् २०२८ डिसेम्बरसम्म संचालन हुने उक्त कार्यक्रममा १४ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । स्थानीय स्तरमा सामाजिक परिचालन, क्षमता बिकास, राज्यका नीति नियम तथा सेवाबारे समुदाय तथा स्थानीय सरोकारवालाहरुलाई सचेतना तथा सहजीकरण, शिक्षा र जीविकोपार्जन तर्फ ५ बर्षे रणनीति योजना निर्माण प्रक्रियामा दिगो तथा प्रभावकारी बनाउन सहजीकरण लगायतका नीतिगत वकालत र सहयोग, स्थानीय तहमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा, सामुदायिक संरचना सवलीकरण,समावेशी गुणस्तरीय शिक्षा, जीविकोपार्जन र रोजगारी सिर्जना गर्नका लागि विलिफ कार्यक्रम संचालन गर्न लागेको संस्थाका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद राज भण्डारीले जानकारी गराउनु भयो ।

२०८१ बैशाख ११ गते वडा नम्बर ६ को सभा हलमा संचालन भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वडा नं ६ का वडा अध्यक्ष भरत खड्काले बिगत सन् २०१९ देखि २०२३ संचालन भएको सिड्स कार्यक्रमले किशोरकिशोरीहरुको क्षमता विकास, नेतृत्व विकास र समुदायका नागरिकहरूलाई स्वाबलम्वी हुन धेरै सहयोग पुगेको स्मरण गर्दै उहाँले आगामी संचालन हुने कार्यक्रमको सफलताको शुभकामना दिदै समन्वय र सहकार्यमा आफू हरबखत तयार रही कार्यक्रमलाई सहयोग गर्ने बताउनु भयो ।

कालिका विकास केन्द्र नेपालका कार्यक्रममा अधिकृत बिवेक न्यौपानेले ५ वर्षसम्म सञ्चालन हुने कार्यक्रमले १४ सय लक्षित घरधुरीहरू गरिबीमुक्त र मर्यादित जीवनका लागि सक्षम गराउने कार्यक्रमको लक्ष्य रहेको बताउनु भयो ।

कार्यक्रममा वडा सदस्यहरू, टोल बिकास संस्थाका पदाधिकारीहरू विद्यालयका प्रअ तथा प्रतिनिधिहरू, महिला स्वयंसेविकाहरु र अन्य बिभिन्न सरोकारवालाहरुको सहभागी रहेको उक्त कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य तुकमान कार्की र नरेन्द्र भण्डारीको उपस्थितमा कार्यक्रम सञ्चालन सामाजिक परिचालक बालकुमार पुलामीले गर्नु भएको थियो ।