प्युठान, ऐरावती गाउँपालिकाको वडा नं ४ हर्नाघाटमा अवस्थित जनकल्याण आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार बिद्यायमा एक कार्यक्रम आयोजना गरि अक्षयकोष स्थापना तथा विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

हर्नाघाट निवासी रोजगारीका लागि हाल परदेशमा रहेका मदन शाहीले आफ्नी स्वर्गीय हजुरआमा मिनादेवी शाहीको नाममा ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

 

शाहीले शैक्षिकसत्र २०८० मा विद्यालय प्रथम भएकी ६ कक्षामा अध्ययनरत छात्रा लक्ष्मी भण्डारी लाई नगद रू ५ हजार र मेडल कक्षा प्रथम,द्वितीय र तृतीय हुने सबै बिद्यार्थीलाई मेडल प्रदान गर्नुभएको छ । विद्यालयले शाहीका बुबालाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।

बिद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई वि.व्य.स अध्यक्ष वसन्त शाही र शि.अ.सं अध्यक्ष डुक बहादुर पुनले शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो ।