प्युठान, अस्थायी ट्राफिक प्रहरी पोष्ट बरौंलाले २०८१ जेठ २८ गतेदेखि २०८१ असार ११ गतेसम्म १५ दिनको अवधिमा ३९ सवारीसाधन कारबाही गरि २२ हजार ५ सय राजश्व संकलन गरेको छ ।

ट्राफिक नियमको उल्लंघन गर्ने ३९ सवारीसाधनमाथि कारबाही गरी रु बाईस हजार पाँच सय राजस्व संकलन गरेकोे पोष्टले जानकारी दिएको छ ।

९ वटा जीप कारबाही बाट ४५००/- ६ वटा ट्याक्टर कारबाही बाट ६०००/- ५ वटा बस कारबाही बाट २५००/- १६ वटा मोटरसाइकल कारबाही बाट ८०००/-र ३ वटा अटो रिक्सा कारबाही बाट १५००/- गरि जम्मा २२५०० राजश्व संकलन भएको छ ।

सिट क्षमता भन्दा बढी यात्रु बोक्ने छतमा सामान राख्ने बिलबुक तथा लाइसेन्स साथमा नराख्ने र मोडिफाइ गरेको सवारीसाधन हरू कारबाहीमा परेका पोष्टमा कार्यरत प्रहरी सहायक हवल्दार योगेन्द्र गिरीले बताउनुभयो ।

बढ्दो सवारी साधनको चाप,साँघुरो सडक,चालकको लापरवाही, सडकमा जथाभावी खोलिने सिँचाइ कुलो ,सडकमा जथाभावी राखिने निर्माण सामग्री तथा सडक छाडिने पशुचौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढेको गिरीले बताउनुभयो ।