प्युठान, ऐरावती गाउँपालिका वडा नं ६ उदिक देखि लिफ्ट खानेपानीको सामान र मकै बोकेर ऐरावती ६ बाघखोर जाँदै गरेको रा १ त ४१६४ नम्बरको ट्याक्टर हिजो साँझ ७ बजे एक्कासि अनियन्त्रित भई बाटोबाट करिब ३० मिटर तल खसेको छ ।
ट्याक्टरमा सवार ६ जना घाइते भएका छन ।घाइते हुनेहरूमा :- ऐरावती -६ बिजुलिकोट बस्ने अन्दाजी ४५ वर्षकी कमला रायमाझी
ऐरावती -६ बस्ने अन्दाजी ४५ वर्षकी बिमला थापाऐरावती -६ बस्ने अन्दाजी १५ वर्षकी तृष्णा के.सी जिल्ला अस्पताल बिजुवार बाट थप उपचारको लागि बुटवल रिफर गरि लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
ऐरावती-६ बस्ने अन्दाजी ५२ वर्षीय चुमान सिंह घर्ती मगरलाई जिल्ला अस्पताल बिजुवार बाट थप उपचारको लागि बुटवल रिफर गरि । लुम्बिनी सिटी अस्पतालमा उपचार भईरहेको छ ।
ऐरावती -६ बस्ने अन्दाजी ४२ वर्षकी धनि कुमारी के.सीऐरावती-६ बस्ने अन्दाजी १७ वर्षीय बिक्रम अधिकारी घाइते भएका छन।
चालक सम्पर्क बिहीन रहेको र घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक सहितको टोली घटनास्थल जाँदै रहेको जिल्ला प्रहरी कार्यलय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी ले जानकारी दिनुभयो ।







