मोती मावि बरौंलामा युवा कवि मोतीराम भट्टको शालीक शिलान्यास
प्युठान, ऐरावती। ऐरावती गाउँपालिका–२ बरौंलास्थित मोती माध्यमिक विद्यालयमा युवा कवि मोतीराम भट्टको शालीक शिलान्यास तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
वि.व्य.स अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा साहित्य परिषद् प्युठानकी अध्यक्ष विमला खनाल, प्रगतिशील लेखक संघ प्युठानका अध्यक्ष धु्रव गिरी, राप्ती साहित्य परिषद् प्युठानका अध्यक्ष रामप्रसाद पोख्रेल लगायतको विशेष अतिथ्यतामा विद्यालयमा कार्यरत शिक्षक, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष श्रेष्ठले शालीकको शिलान्यास गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले कवि मोतीराम भट्टको योगदान र साहित्यिक यात्रासम्बन्धी विचार व्यक्त गर्नुका साथै विभिन्न साहित्यिक रचनाहरू वाचन गरेका थिए ।
गतवर्ष मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पालिका उपाध्यक्ष श्रेष्ठले शालीक निर्माणका लागि गाउँपालिकाबाट बजेट सुनिश्चित गर्ने प्रतिबद्धता गर्नुभएको थियो।
सोही प्रतिबद्धताअनुरूप ऐरावती गाउँपालिका बाट आ.व. २०८२/०८३ को बजेटमा मोती माध्यमिक विद्यालयमा शालीक निर्माणका लागि ३ लाख रुपैयाँ विनियोजन भएको छ ।