प्युठान, ऐरावती गाउँपालिका वडा नं ६ बिजुली पुर्ण खोप सुनिश्चित वडा घोषण भएको छ । २०८० जेठ २ गते जनता मा.वि च्युरापानी को सभाहलमा पुर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम ऐरावती गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले वडा अध्यक्ष भरत बहादुर खड्का लाई ”पुर्ण खोप सुनिश्चितता वडा प्रमाणित गरिएको” प्रमाण पत्र प्रदान गर्दै पुर्ण खोप सुनिश्चितता लाई दिगोपना राख्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्षले खड्काले आफ्नो वडालाई ऐरावती गाउँपालिकाको पहिलो पुर्ण खोप सुनिश्चितता वडा घोषणा गर्न पाउदा आफु अत्यन्तै खुसी भएको बताउनु भएको छ । यो सफलता स्वास्थ्यकर्मी,स्वयंसेवीका,आमा समूह, र वडाका सबै जनताको सहयोगले मिलेको सफलता हो । पुर्ण खोप वडा सुनिश्चित गर्ने राष्ट्रिय पुर्ण खोप निर्देशिका बमोजिम वडाले सबै प्रकिया पूरा गरि बच्चा जन्मिए पछि १५ महिनाको उमेरसम्म पाउनुपर्ने सबै खोप उपलब्ध गराई वडा नं ६ बिजुलीलाई पुर्णखोप सुनिश्चित वडा घोषण गरिएको हो ।
ऐरावती गा.पा वडा नं ६ बिजुली पालिकाकै पहिलो पुर्ण खोप सुनिश्चित वडा घोषण
