प्युठान, असार ३

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजना ,जिल्ला प्रशासन कार्यलय खलंगा प्युठान र ऐरावती गाउँपालिकाको समन्वयमा ऐरावती गाउँपालिका भित्र जेठ ३२ गतेेदेखि चलिरहेको राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता शिविर चलिरहेको छ । सोमबार दिनभर विधुत आउने जाने भएपछि रास्ट्रीय परिचय पत्र विवरण संकलन दर्ता शिविर प्रभावित भएको छ । वडा नं ५ सरङ्गबेसिमा सोमबार १ जना पुरूष ,३ जना महिला गरी जम्मा -४ जनाको मात्र विवरण संकलन भएको वडा अध्यक्षले बताउनुभयो , विधुत नआएपछि कम्प्युटर , प्रीन्टर लगायत विभिन्न उपकरण नचलेपछि शिविर प्रभावित भएको हो । शिविरमा उपस्थिति सेवाग्राहीहरू विधुत आपुर्तिमा समस्या भई विवरण संकलन नभएपछि निराश हुदै घर फर्किएका छन । सिस्टमले सहज रूपमा काम गरे १ दिनमा ४० जनाको विवरण संकलन हुन्छ । यस्तै ऐरावतीका शिविर चलिरहेको अन्य वडामा पनि अरू दिनभन्दा असार ३ गते सोमबार विधुत आपुर्तिमा समस्या भएपछि कम व्यक्तिहरूको विवरण संकलन भएको छ ।