प्युठानको ऐरावती गाउँपालिका वडा नं ३ को प्रमुख धार्मिक पर्यटकीय स्थल जाबुने दहमा हरेक बर्ष कोजाग्रत पुर्णिामाको अवसरमा मेला लाग्ने गर्छ । यश बर्ष कार्तिक ११ पुर्णिामा परेको छ । मन्दिर आलम देविको विधिवत पुजा गरि पाडा,पाठाको बलि चढाइन्छ र सराँय नाच नाचिन्छ । मन्दिर व्यवस्थापन समितिको कार्तिक १० गते बसेको बैठकले मेलामा किराना पसलको कर रू ३०० होटलको रू १००० खेलौना पसल रू १००० रिङ खेल रू १००० फेन्सी पसल रू ५०० तोकेको छ । बिहान १० बजेसम्म मन्दिरमा परम्पराअनुसार पुजा गर्ने १० बजेपछि सराँय नाच निकालिने र साँझ ५ बजे मेला समापन गर्ने निर्णय भएको छ । समितिले मन्दिर परिसर बाट २०० सय मिटर वरपर मदिराजन्य पदार्थ बिक्रीवितरण गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने जनाएको छ ।