प्युठान, प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा छोरा मृत फेला परेका छन् ।
स्थानीय ३४ वर्षीया बिष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन् ।
घरदेखी करिब १ सय ५० मिटर पश्चिम तर्फ काफलको एउटै बोटमा प्लास्टिकको नाम्लोमा आमाछोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुगेको र मृतकका श्रीमान र बुबा मजदुरीका लागि भारतमा रहेको समेत केसीले जानकारी दिएका छन् ।