प्युठान, प्युठानमा गाई बाख्रा चराउने क्रममा भिरबाट खसेर मृत्यु ।

प्युठानको ऐरावती गाउँपालिका वडा नं ३ स्थित गोठ्ठा सामुदायिक वनमा पुस २९ गते बिहान १० बजे गाई बाख्रा चराउन गएका ऐरावती-३ अर्झाम बस्ने ५१ वर्षीय देव बहादुर रानाको भिरबाट खसेर मृत्यु भएको प्रहरीले गरेको घटनाको प्ररम्भिक अनुसन्धानले बताएको छ ।

बेलुका सम्म घरमा नआएपछि वनमा खोजतलास गर्दा गठ्ठा सामुदायिक वनमा पर्ने सार्कीलोटे भिरदेखि ५० मिटर तल देव बहादुरको शव फेला परेको थियो ।

माघ १ गते शवलाई पोस्टमार्टम गरि परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशवराज खत्रीले जानकारी दिए ।