प्युठान। मोती मावि मा (NIMB) बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

ऐरावती गाउँपालिका वडा नं २ बरौंलामा रहेको मोती माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ऐरावती शाखाले मंगलबार वित्तिय साक्षरता प्रदान गरेको छ ।

शाखा प्रबन्धक विप्लव पोखरेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गरे आर्थिक क्रियाकलप र व्यवस्थापनमा सहज हुने बताए ।

विद्यालयका प्रधानाध्यापक तिलक राम पाण्डेले वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभयको  थियो । बैंकले हरेक वर्ष वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गर्दै आएको छ । निकट भबिस्यमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम लाई निरन्तरता दिने शाखाले जनाएको छ ।