अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.  १० लिसेपानी निवासी ७२ वर्षीय यम बहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङ लागेर बेहोस अवस्थामा रहेको भनि आज बिहान ९ बजे प्रहरी कार्यालयमा खबर प्राप्त हुनसाथ अस्थाई प्रहरी पोष्ट धनचौर बाट खटिएको प्रहरीको टोलिले उद्दार गरि घाईतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाएको थियो ।

जिल्ला अस्पतालले आज दिउँसो १२:३५  बजे मृत घोषणा गरेको छ । आफ्नै घरको दलानमा बसिरहेको बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  चट्याङबाट मृतकको घर चर्किएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।