दाङ – दाङमा मिनिबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् ।
ज्यान जानेमा बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे का ३० वर्षीया यमी घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाइते मगरको लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
घोराहीबाट बुटवलतर्फ जाँदै गरेको गरेको ना ४ ख ६९५० नम्बरको मिनिबस घोराही–लमही सडकखण्ड अन्तर्गत मसौटको घुम्तीमा आज दिउँसो ब्रेकफेल हुँदा दुर्घटना भएको हो ।
त्यस्तै घाइते हुनेमा बसमा सवार मृतकका ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ का सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ का ५ वर्षीय सुरज बस्नेत घाइते हुनुभएको छ । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । हेमराज शर्मा, उज्यालो