प्युठान, स्वर्गद्वारी नगरपालिका वडा नं ३ दोमैका महेश सुनारले मादल बनाउने पेशाबाट वार्षिक ३-४ लाख आम्दानी गर्दै आएका छन ।
बाउ बाजेले गरेको पुख्र्यौली पेशा उनलेे ३० वर्षदेखि गर्दै आएका छन । उनले बनाएका मादल अर्घाखाँची,प्युठान,दाङ,पुर्वी रूकुम लगायतका जिल्लामा निर्यात गरेका छन ।
मादल बनाउन आवश्यक पर्ने कच्चापदार्थ कीट अर्थात (खरि ढुङ्गा) रोल्पाको जेलबाङ्ग बाट लिएर खरी लगाउने गरेको बताए ।
उनले खमारीको काठ बाख्रा,गोरूको छाला र खरी ढुङ्गा प्रयोग गरि मादल बनाएका छन । उनलेे हरेक वर्ष २ सय वटा भन्दा बढी मादल मर्मत तथा बिक्रीवितरण गरेको छन ।