प्युठानको ऐरावती गाउँपालिकाले SEE परीक्षा २०८१ मा सहभागी भई गाउँपालिका प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई र अनिवार्य विषयहरू अङ्ग्रेजी,गणित र विज्ञान विषयमा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकलाई पनि सम्मान गरेको छ ।

गाउँपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी शिक्षक र विद्यार्थीलाई सम्मान गरेको हो ।

मोती मावि बरौंलामा गणित र विज्ञान विषय अध्यापन गराउने शिक्षक हरेन्द्र शाहलाई गणित विषयको ५० हजार र विज्ञान विषयको ५० हजार गरी रू १ लाख रूपैयाँ र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । त्यस्तै जनता मावि बिजुलीमा अङ्ग्रेजी विषय अध्यापन गराउने शिक्षिका मनिषा के.सि लाई पनि नगद रू ५० हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।

गाउँपालिका प्रथम भएका मोती माविका सुवास वि.क लाई नगद रू ५ हजार र प्रमाणपत्र द्वितीय भएकी महेन्द्र माविकी पुजा के.सी लाई नगद रू ४ हजार र प्रमाणपत्र द्वितीय भएका दाङ्गवाङ् माविका रोजिल आचार्य लाई पनि नगद रू ४ हजार र प्रमाणपत्र पालिका तृतीय भएका आदर्श भण्डारीलाई नगद रू ३ हजार र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो