रोल्पा,

राेल्पाकाे गंगादेवमा गाडी दुर्घटना हुँदा १ जना विद्यार्थीकाे मृत्यु भएकाे छ । दाङकाे तुलसीपुरबाट राेल्पाकाे गंगादेव गाउँपालिका ६ राँक ताप्लाका लागि हिडेकाे लु १ ज ४७५५ नम्बरकाे डबल क्याप गाडी आइतबार अप्राह्न गंगादेवकाे ओइलाम नजिकै दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परि स्थानीय १५ वर्षका स्कुल ड्रेसमा रहेका गङ्गा मा बि चौतारामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी तिलक वलीकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले  बताए ।

उनकाअनुसार दुर्घटनामा परेर ८ जना घाइते छन् । जसमध्ये ४ जनाकाे अवस्था गम्भीर रहेकाे र उनिहरुलाइ उद्दार गरि प्रहरीले उपचारका लागि दाङ तुलसीपुरतर्फ पठाएकाे छ ।

गाडीमा ९ जना सवार रहेकाे बुझिएकाे छ । गाडी सडकबाट निकै तल खसेकाे र घटनाबारे थप विवरण आउन बाँकी रहेकाे डिएसपी मगरले बताए ।