प्युठान, असार १३ गते बुधबार
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजना ,जिल्ला प्रशासन कार्यलय खलंगा प्युठान र ऐरावती गाउँपालिकाको समन्वयमा ऐरावती गाउँपालिका भित्र जेठ ३२ गतेेदेखि चलिरहेको राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता शिविर चलिरहेको छ । वडा नं ६ को कार्यलय बिजुली,च्युरापानीमा चलिरहेको शिविर वडाभित्र बसोबास गर्ने सबै सर्वसाधारणलाई पाएक नपरेको र पाएका पर्ने ठाउँमा शिविर सञ्चालन गर्न भन्दै क्लबका अध्यक्ष र सचिव वडा कार्यलयमै पुगेर वडा अध्यक्ष लाई ध्यानाकर्षणपत्र बुझाएका हुन ।
क्लबका अध्यक्ष र सचिव संग कुरा गर्दै वडा अध्यक्ष भरतबहादुर खड्काले भने “हामीले शिविर सुरु गर्न भन्दा पहिले नै वडाभित्र कृयशिल राजनीति दलका प्रतिनिधी र टोल बिकास संस्थाका प्रतिनिधी सँग बसेको बैठकमा छलफल भयो , छलफलमा वडाभित्रका रहेका ९ वटा टोल बिकासमा शिविर सञ्चालन गर्ने कुरा उठ्यो , तर यो सम्भव हुनेथिएन, मैले वडा भित्र रहेका ३ वटा मतदान स्थलमा शिविर सञ्चालन गर्ने कुरा उठाँए मेरो कुरामा सबैको सहमति भएन र अन्त्यमा सबैको सल्लाहले वडा कार्यलय बाट मात्र शिविर सञ्चालन गर्ने लिखित निर्णय भएपछि शिविर सञ्चालन गरिएको हो” । ऐरावतीका केही वडाहरूले शिविर वडा कार्यलय बाहेक अन्य स्थानबाट पनि सञ्चालन गरेका छन
वडा कार्यलयमा आउन नसक्ने सर्वसाधारण लाई गाउँपालिका बाट केहीदिन शिविर सञ्चालन गर्न पहल गरिरहेको छु” फ्युचर स्टार क्लब २०७९ सालमा स्थापना भएको हो ।
क्लबले सामाजिक रूपान्तरण, गाउँघर सरसफाइ,स्थानीय सरकारले गर्ने गतिविधि लाई नियालेर जनताको पक्षमा आबाज उठाउने र जनतालाई सचेत गराउने काम गरिरहेका क्लबका अध्यक्ष नवीन आचार्यले बताए ।