प्यूठान।ऐरावती गाउँपालिका बरौलामा लागु औषध दुव्र्यसन, लैगिंक हिंसा र बाल बिवाह नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना र नेपाल प्रहरी श्रीमति संघ लुविनी प्रदेशको सहकार्य र जिल्ला प्रहरी समन्वयमा आइतवार कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रहरी श्रीमति संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुवंरले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गर्ने बताइन् । समाजमा भइ रहेका अपराधलाई तथा लागु औषध दुव्र्यसन, लैंगिक हिंसा, बाल बिवाह नियन्त्रण गर्न स्थानिय तहहरुले विशेष खालमा कार्यक्रम मार्फत जनसमुदायमा चेतना फैलाउन जरुरी रहेको बताइन । नेपाल प्रहरीसंग समन्वय गरी कार्यक्रम गर्दा अपराधका घटनाहरु न्यूनिकरण हुदै जानेमा आफु विश्वस्त रहेको समेत उनको भनाइ छ । त्यस्तै कार्यक्रममा बोल्दै लुम्वीनी प्रदेश प्रहरी प्रमुख कुबेर कडायतले कार्यक्रमहरु धेरै भइसके अब परिणाम आउन बाँकी रहेको बताए । घरेलु हिंसा घरबाटै हुन्छ यहि हिंसा लुकायो भने त्यो पनि अपराध भएको उनले बताए । ‘अपराध जहाँ जुनसुकै ठाउँमा पनि हुने गर्दछ, अपराधको सिमा हुदैन।‘ प्रमुख कडायतले भने- ‘जहाँ समाज हुन्छ त्यहाँ प्रहरी हुन्छ, जंगलमा प्रहरी बस्दैन किन भने समाजमै समस्या हुन्छ ति समस्याहरुको निवारण गर्नका लागि राज्यले प्रहरी खटाएको छ ।‘ प्रहरीलाई हरेक क्रियाकलापमा समाजको असाध्यै महत्वपूर्ण भूमिका रहेको उनले बताए । 
बाल बिबाह न्युनिकरणका लागि बाल बिवाह हुन लागेका समयमा जानकारी दिइ त्यो विवाह राख्न सहयोग गर्ने व्यक्तिलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको समेत उनले जानकारी दिए । ऐरावती गाउँपालिका बासीले ५ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको हुदा भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालय प्यूठान र लुम्वीनी प्रदेश प्रहरी कार्यालयले पहल गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा नार्कोनन् नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले लागु औषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो।साथै गन्दर्भ समाज नेपाल प्यूठानका साँस्कृतिक टोलिद्वारा लागु औषध दुर्व्यसनी र बाल विबाह नियन्त्रण सम्बन्धी सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको थियो ।








