समृद्धि ऐरावती हाम्रो चाहाना ,
✍️आशिष आचार्य मलाई लाग्छ, सामाजिक काम मा आग्रसर रहेका ,समाज मा सकारात्मक छाप छोडेका ब्याक्ती , आफ्ना कामलाई परीक्षणको भट्टीमा हालेर सफलता हासिल गरेका व्यक्तिहरू राजनीतिमा आउनुपर्छ । र, समग्र पालिका को विकासमा हातेमालो गर्नुपर्छ । अनि मात्र हाम्रो पालिका ले बिकास को अनुभुती गर्न पाउने छ र पालिका ले कोल्टे फेर्छ । हामिले पालिका प्रमुख छनोट गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्छ वा सोच्नु पर्छ किन कि भोलि का दिन मा हामिले नाता वाद कृपावाद मा सारिक हुने ब्याक्तीहरु लाई जितायर पठायको खन्ड मा हाम्रो समृद्धि ऐरावती बनाउने चाहान बिलिन भयर जान्छ।हरेक वडा देखि टोल बिकास संस्था सम्मको समस्या लाई विभिन्न बिभाग सम्म पुर्याइ समाधान गर्न सक्ने ब्याक्ती लाई अगाडि ल्याउनु पर्छ । हाम्रो पालिका भित्र स्वास्थ्य ,शिक्षा ,खा:पा, मो:बा ,खेलकुद ,रोजगार को राम्रो ब्याबस्था गर्नु पर्छ र मुख्यत पालिका मा शिक्षा, स्वास्थ्य ,पर्यटन ,लाई जोड दिनु पर्छ ।हरेक राजनीतिक दल आफ्नो पालिका प्रमुखको दौड घुप मा लागेका हुन्छन ।यो राजनीतिक दलको अधिकार भयो भने देशका गहना कलाकार देखि शिक्षक ,खेलाडी , सामाजिक ब्याक्तित्व ,बिभिन्न पेशामा आबद्ध ब्यक्तिहरु अहिले पालिका प्रमुख हुने घोषणा वा चुनाब मा उठने घोषण गरेका छ्न।यता नागरिक भने अन्यौल अनि निराशामा छ्न।एकातिर चुनाव आर्कोतिर खेतबारीको काम अनि देशको अर्थतन्त्र ले चिया पसल देखि विभिन्न भिउ टावर देखि महल सम्मको विषय बनेका छ्न।पालिका प्रमुख एउटा सरकारको नेतृत्व र निर्णयकर्ता हो एकदिन दुइदिन होइन पाँच बर्षका लागि यसमा नागरिक राजनीतिक दल र उम्मेदवार कोहि बिबाद मा पर्नु राम्रो होइन। यो एउटा राजनीतिक विषय भएकोले पहिलो प्राथमिकता राजनीतिक क्षेत्रका प्रबुद्ध ब्यक्तित्व चुनिनु राम्रो हो भने राजनीतिक दलहरूले नागरिकको मर्म र भावना बिपरित बिगत बर्तमान र भविष्य सुखद नभएको उम्मेदवारबाट आस गर्नु सुखद हुन्न यसपछिको बिकल्प विद्वान स्वतन्त्र ( indipendent ) उम्मेदवारको कुरा आउछ।कृषि :- नेपाल कृषिप्रधान देश भनिए पनि हरेक वर्ष खाद्यान्नमा परनिर्भरता बढ्दै छ । यहाँ वार्षिक ३० अर्बभन्दा बढीको चामल आयात हुने गरेको छ । तैपनि, हामी कतिपय ठाउँमा खाद्यान्न संकट भोग्न बाध्य छौँ । कर्णालीका बासिन्दाको पछिल्लो संकट ज्वलन्त उदाहरण हो । हामी पनि पालिका भित्रका कृषक लाई कृषि सामाग्री उपलब्ध गराउनु आवस्यक हुन्छ किन कि अहिले को अबस्थामा आधुनिक कृषि तिर हाम्रो समाज ढल्किरहेको छ जुन कृषक को लागि खुसी को कुरा हो ।
जस्ले कृषि मा उत्पदन बा वृद्धि ल्याउछ ,र पालिका ले कृषि सामाग्री संकलन केन्द्र बनाइ सन्चालन मा ल्याउनु पर्छ यसो गर्दा पालिका भित्र का उत्पादित सामाग्री ले बजार पाँउछन । कृषक को लागि समस्या को विषय भनेको खेत वारि मा पानी को समस्या हो जस्लाइ समाधान गर्न को लागि कुलो निर्माण वा मर्मत को लागि समान किसिम को बजेट बिनियोजन गर्नु आवश्यक देखिन्छ । र पालिका द्वार मल बितरण मा पनि जोड दिन सकिन्छ पलिका ले मल बितरण त गर्छ तर त्यो मल कृषक सम्म न पुगेर गल्ला किराना पसले को सम्म पुगेका उदाहरण पनि छन यो कुरालाइ ध्यान मा राख्दै अगाडि बढ्नु पर्छ ।
कृषक का लागि अर्को महत्त्वपूर्ण कार्य भनेको माटो परिक्षण हो जुन पालिका ले माटो सम्बन्धि विभिन्न कुराहरु लाई प्रस्ट पारी मल के कसरी हाल्ने कुन औसधि को प्रयोग कति बेला गर्नी भनेर जानकार गराउनु आवश्यक देखिन्छ ।कृषि ले पनि विभिन्न किसिम का परिवर्तन ल्याउन सक्छ स्थानिय उत्पादन ले बजार पाउछ ।कृषक लाई थप ब्याबस्थितिकरण गरि नयाँ किसिम बाट खेती गर्न उर्जा मिल्छ ।बजार बाट जति मात्रा मा तरकारी ल्यार खरिद बिक्री गर्नी गरेका छौ त्यस्लाइ तत्काल बन्द गरि स्थानिय उत्पादन लाई प्राथमिकता दिनु पर्छ । स्थानीय उत्पादन ले पालिका लाई अलग उचाइ सम्म मद्दत गर्छ ।पालिका ले स्थानिय उत्पदन लाई ब्रन्डिङ गर्न तर्फ पनि ध्यान दिनु पर्च स्थानिय उत्पादन रक्सी जस्लाइ ब्रन्डिङ गरेर बजार सम्म पुर्याउनु सकिन्छ ।जस्ले गर्दा पालिका लाई समेत फाइदा हुन्च बाहिर बाट आउने रक्सी ४० युपि भन्दा कम का रक्सी लाई बन्द गरि स्थानिय उत्पादन लाई प्राथमिकता दिई स्थानिय बजार सम्म पुर्याउन को लागि पहल गर्नु पर्छ ।स्थानीय सरकार भनेको स्थानीय को हक हितका लागि सोच्ने सरकार हुनुपर्छ । स्थानीय सरकारले आफ्नो कार्यक्षेत्र भित्र सहकार्य गरि बिकास निर्माण का कार्य अगाडि बढाउनु पर्छ । र कृषि सम्बन्धमा हाम्रो पालिका ले जाहा अनुदान को ब्याबस्था गरेको छ त्यस ब्याबस्थालाई केहि परिबर्तन गरि एक नयाँ किसिम को योजना बनाउनु आवश्यक देखिन्छ । यस पुरानो किसिम ले जादा अनुदान पाउनु पर्नी ब्याक्ती ले अनुदान न पायर अन्य ब्याक्तिले अनुदान पायको उदाहरण हरु अबगत नै छ । अनुदान को लागि अब को अबस्थामा पालिका कुनै पनि अनुदान का लागि निश्चित लक्ष्य राखेर मात्र अनुदान को ब्याबस्था गर्नु पर्छ ।कृषि फर्म को सम्बन्ध मा १०० प्रतिशत मा ६० देखि ७० प्रतिशत उत्पादन दियको छ भने त्यास्ता किसिम का फर्म लाई अनुदान को ब्यबस्था गर्नु पर्नी आज को आवश्यकता हो ।कुनै ब्याक्ती ले अनुदान पाउन को लागि भरिने फर्म मा बिभिद कुरा उल्लेख गर्नु पर्छ फर्म दर्ता नम्बर ,नागरिकता प्रामाण पत्र ,कर रसिद ,आफ्नो फर्म को सक्कली कागजात हरुल्याइ पालिका ले सम्झौता गराउने । उक्त सम्झौता यदि सम्झौता झुठा साबित भयको खण्ड मा पालिका ले तोकेको प्रतिशत का आधार मा न भयको खण्ड मा अनुदान को रकम को ४० प्रतिशत जरिवाना सहित असुलउप्पर गरिने भन्ने ब्याबस्था पालिका ले पास गर्नु पर्दछ ।
( अनुदान कसरी दिने त )(*) १०० प्रतिशत मा ६० देखि ७० प्रतिशत उत्पादन दिई राखेको छ भने त्यस्ता किसिम का ब्याबसायिक फर्म लाई अनुदान को ब्याबस्था गर्नी ।



पर्यटन :-नेपाल भौगोलिक र सांस्कृतिक विविधतामा विश्वको नक्सामा आफूलाई छुट्टै हिसाबले चिनाउन सफल छ । सानो हिमाली राष्ट्रमा १२५ जातीय समूहहरू छन्, जसले १२३ विभिन्न भाषाहरू बोल्छन् र १० भन्दा बढी विभिन्न धर्महरू पालन गर्छन् । भौगोलिक हिसाबले यति धेरै विविधता भएर पनि शान्त र सौम्य हुनाले नेपाललाई विविधतामा एकताले भएको देश भनेर समेत चिनिने गरिन्छ । नेपाली पर्यटन प्रवर्द्धन गर्ने अर्को आकर्षक क्षेत्र भनेको राष्ट्रभर छरिएका तीर्थस्थलहरूको खोजी र प्रचारप्रसारतर्फ हो । नेपालमा धेरै पुरातन तीर्थस्थलहरू छन् । काठमाडौ पशुपति नाथ ,खप्तड ,जलजला,मुस्ताङ मुक्तिनाथ , जनकपुर धाम, दाङ धारापानी ,अर्घाखाँची सुपादेउराली ,प्युठान स्वर्गद्वारी ,प्युठान गौमुखी, प्युठान ओखर्कोट प्युठान ऐरावतीऐरावती एक हिसाबले पर्यटकीय सम्भावना बोकेको पालिका हो ।विभिन्न आन्तरिक बाहय पर्यटक लाई तन्न सक्ने क्षमता भएकोे भूगोल ऐरावती मा पर्छ । यश भुगोल लाई संरक्षण गरि याहा विभिन्न किसिमका सर्बेक्षण गरि विभिन्न संरचना बनाइ धार्मिक संस्कृतिक सम्पदा कला संस्कृती लाई जगेर्ना गरि आन्तरिक वा बाहय पर्यटक लाइ तन्न सकिन्छ ।अहिले को अबस्थामा त बिकास न हुदै ऐरावती मन्दिर मा यति भिड भाड हुन्छ ?बरौला कोट , द्वारेघाट , जाबुने ,तिल्केनी ,ताल पोखरा ,सिर्सेनी , अमिले , बिजुली कोट , लगायत का धार्मिक संस्कृति प्रकृतिक सन्देश फैलाउने ठाउँ हरु ओझेल मा पर्नु भनेको पालिका वासी हामी ओझेल मा पर्नु हो ।पर्यटकिय स्थान निर्माण भनेर कुनै एक स्थान मा मात्र लगानी गर्नु पर्छ भन्ने हुदैन । अहिले को अबस्थामा आधुनिक किसिम को प्रबिधी प्रयोग गरि पर्यटकिय स्थान मा बिकास गर्नु पर्छ त्याहा भयका सम्पदा को जगेर्ना गरि रमणीय पर्यटकिय पार्क स्थापना गर्नी स्थानिय बजार ब्याबस्थापन गर्ने गरेर ती ठाउँ मा सोभा बढाउन सकिन्छ ।गाउँ अथवा ग्रामीण पर्यटन एक यस्तो अवधारणा हो, जसले नेपालको गाउँहरू अन्वेषण गर्ने उत्तम माध्यम प्रदान गर्दछ । नेपाल गाउँको देश हो । आधुनिक विज्ञान र प्रविधिको आगमनमा पनि परिवर्तन नभएको जीवनशैलीलाई नेपालका गाउँ–गाउँमा घुम्ने यात्रीले देख्न सक्छन् । ऐरावती मा होमस्टेजस्ता अवधारणालाई प्रवर्द्धन गर्न सके पालिका को आर्थिक समृद्धिमा परिवर्तन ल्याउन सकिन्छ । गाउँको पर्यटनको अवधारणा भित्र, आगन्तुकहरूले स्थानीय मानिसहरूसँग केही दिन बिताउँछन्, जहाँ उनीहरूलाई सम्मानित पारिवारिक अतिथिको रूपमा व्यवहार गरिन्छ । यसो गर्दा, यात्रुहरूले स्थानीय क्षेत्रमा पर्याप्त रकम खर्च गर्छन् । यस बाहेक, यात्रुहरू सादगी हेर्न, स्थानीय खानाको स्वाद लिन र स्थानीय सांस्कृतिक अभ्यासहरू हेर्न धेरै चासो राख्छन् । तसर्थ, धेरै गाउँको पालिका भएकाले आन्तरिक वा बाहय पर्यटनलाई उचित रूपमा जोड दिएमा पर्यटन को अपार सम्भावना रहेको देखिन्छ । र ऐरावती भित्र पर्ने विभिन्न खाल का सडक हरुलाई पुर्ण रुपमा कालोपत्रे गर्नुपर्ने आवश्यक देखिन्छ किन भने बर्ख को समयमा कालोपत्रे न भयकै कारण विभिन्न ठाउमा हिलो चिप्लो पहिरो का कारण सर्बसाधारण हरु सास्ती मा परिरहेको अबस्था समाज माझ अबगत नै छ । जिल्ला देखि पालिका जोड्ने मुख्य बाटो सहित पालिका देखि वडा सम्म जोड्ने मोबा हरु लाई कालोपत्रे गर्नु पर्नी आवश्यकता भै सकेको छ किन भने पालिका भित्र का सम्पुर्ण वडा का जनता हरु लाई बर्खा को समय र अन्य समय मा वडा सम्म जान लाई र पालिका कर्मचारी वडा कर्मचारी अनुगमन टोलि लाई पनि यश अबस्था मा हिड्न लाई इ पालिका भित्र का रोड मा गारो भै सकेको छ ।त्यास कारण हाम्रो पालिका ले यस विषय लाई लियर गम्भीरता पुर्बक ध्यान दिनु पर्ने अबस्था आयको छ ।बजेट लाई सिमित ठाउँमा मात्र प्रयोग गरे कसो अगाडि बढ्न न सकियल र