प्युठान, ऐरावती गाउँपालिका वडा नं ४ तिग्रापातल का पहिरो पीडित परिवार लाई करिब एक बर्ष पछि स्थानान्तरणका लागि पहल सुरु गरिएको छ । गत बर्ष असोज १९ गते परेको अविरल वर्षाले तिग्रापातल गाउँ माथिको जमिन भासिने ,धाँजा फाट्ने र चर्कियपछि बस्ती पहिरोको उच्च जोखिममा परेको हो ।

बस्ती जोखिममा परेपछि गाउँका २५ घर गाउँ छोडेर नजिकैको जंगलमा पाल टाँगेर केही दिन बिताए , केहिदिन पछि उनीहरूलाई ऐरावती गाउँपालिकाले बिधालयमा अस्थायी स्थानान्तरण व्यवस्था मिलायो उनीहरूले केही महिना बिधालयमै बिताए । केही समयपछि उनीहरू स्थायी ठाउँमा स्थानान्तरण हुने शुरशार नभएपछि । पुनः पहिरोको जोखिमले छोड्नु परेको तिग्रापातल गाउँमा नै फर्किए ।

केही हप्ता अगाडि उनीहरूमाथि चोरको पनि आक्रमण भयो अक्रमणमा गाउँका मानिसहरूका नगद,गरगहना हरू चोरी भएका थिए । गाउँपालिकाले असोज ९ गते गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसि मनसुनजन्य विपद प्रभावित निजी आवास पुननिर्माण तथा पुनःस्थापन अनुदान कार्यविधि २०७७ को अनुसुची १ बमोजिम गाउँपालिकाका प्रविधिकले स्थलगत रूपमा गरेको लगत संकलन विवरण बैठकमा निर्णायार्थ पेश गरिएको थियो उक्त विवरण बैठकले विपद प्राधिकरणको भुगर्भ विदको प्रतिवेदन अनुसार लाभग्राही कायम गरि २५ घरहरू स्थानान्तरणका लागि आवश्यक प्रकृया अगाडि बढाउन जिल्ला विपद व्यवस्थापन समितिमा सिफारिस गरी पठाउने निर्णाय गरेको छ । बैठकले विपद व्यवस्थापनको लागि आवश्यक कार्यदल बनाउने निर्णाय गरेको छ ।