बिजुलीकोटको प्रचारप्रसार गर्ने हेतुले आयोजना गरिएको टिकटक प्रतियोगितामा अपेक्षित सङ्ख्यामा सहभागीहरू नभएपछि प्रतियोगिताको म्याद थपिएको छ । कार्तिक ८ गते टिकटक प्रतियोगिता सम्पन्न गर्नका लागि गठन गरिएको टोलीको बैठकले प्रतियोगिताको म्याद कार्तिक १५ गतेसम्म थप गरेको छ । प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुनेहरूलाई प्रमाणपत्र र क्रमश २०००,१५००,१००० र५०० सय पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगिताकानियमहरू :--भिडियो १मिनेट भन्दा लामो हुनु हुदैन
-भिडियो मन्दिर परिषर भित्रको हुनुपर्ने छ-भिडियो नेपाली गीतमा मात्र बनाउन पाइनेछ-भिडियो पोष्ट गर्दा ह्यजट्याग(#Bijulikotkhadkbhagwati) प्रयोग गर्नुपर्ने छ ।
कार्तिक १५ गते मध्यान्ह १२ बजेसम्म भिडियोमा आएको लाइक,कमेन्ट र भ्यु का आधारमा बिजेता छनोट गरिने प्रतियोगिताका संयोजक अनुपराज पाण्डेले बताउनुभयो ।