प्युठानका स्थानीय तहमा ३१ करोड बढी बेरुजुप्युठान।प्युठानका स्थानीय तहमा बेरुजुको चाङ बनेको छ।दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको प्युठानमा महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार प्युठानमा जम्मा बेरुजु रकम ३१ करोड ९३ लाख ८५ हजार देखाएको छ।

६१ औं प्रतिवेदनमा प्युठानका स्थानीय तहको ३७ करोड २१ लाख २५ हजार बेरुजु देखाएको थियो भने ६२ औं प्रतिवेदनले ३१ करोड ९३ लाख ८५ हजार बेरुजु देखाएको छ। सबैभन्दा कम मल्लरानी गाउँपालिकामा बेरुजु देखिएको छ भने सबैभन्दा बढी स्वर्गद्वारी नगरपालिकामा रहेको छ।

महालेखा परीक्षकको अन्तिम प्रतिबेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ऐरावती गाउँपालिकामा बेरुजु रकम ४ करोड ६९ लाख ६२ हजार रुपैयाँ देखिएको छ । गतवर्ष २०७९/८० मा ऐरावती गाउँपालिकाको बेरूजु रकम ३ करोड ९० लाख १ हजार रूपैयाँ देखिएको थियो गतवर्षको तुलनामा ऐरावतीमा बेरूजु रकम बढेको छ ।

सरुमारानी गाउँपालिकाको बेरुजु रकम ३ करोड २४ लाख ६३ हजार रुपैंयाँ रहेको छ।मल्लरानी गाउँपालिकाको बेरुजु रकम १ करोड ८९ लाख ३७ हजार रुपैयाँ रहेको छ। स्वर्गद्वारी नगरपालिकाको बेरुजु रकम ५ करोड २६ लाख ६३ हजार रुपैयाँ रहेको छ।प्युठान नगरपालिकाको ३ करोड ८७ लाख ३ हजार रुपैयाँ रहेको छ।

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा झिमरुक गाउँपालिकाको बेरुजु रकम ४ करोड ४९ लाख ७८ हजार रुपैयाँ बेरुजु देखिएको छ।गौमुखी गाउँपालिकाको बेरुजु रकम २ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ।माण्डवी गाउँपालिकाको बेरुजु रकम ३ करोड ७१ लाख ९१ हजार रुपैयाँ बेरुजु रकम देखाइएको छ। नौबहिनी गाउँपालिकाको बेरुजु रकम २ करोड ९६ लाख ९३ हजाए रुपैयाँ देखिएको छ।

प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ।