प्युठान,ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिने व्यक्तिलाई पुरस्कारको ब्यवस्था गर्ने भएको छ ।
गाउँपालिकाको १४ औं गाउँसभाले बालविवाह न्यूनिकरणका गर्नका लागि बालविवाह भएको वा हुने जानकारी दिनेलाई व्यक्तिलाई नगद २५ हजार रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
सोमबार भएको गाउँसभाबाट गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्याधिक बढेपछि त्यसको रोकथाममा लागि बालविवाह गर्नेको सुचना दिने व्यक्तिलाई पुरस्कारको ब्यवस्था गरिएको हो ।
बालविवाह भएको, हुदै गरेको,हुने जानकारी गाउँपालिकाको कार्यलयमा,प्रहरी कार्यालयमा वा जनप्रतिनिधिलाई जानकारी गराउनेको नाम गोप्य राखिने बताइएको छ ।