प्युठान, नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले ७ जनालाई साहित्य परिषद प्युठानको आजीवन सदस्य बनाएका छन । प्युठानका स्थानीय तहमा आफैँ ले दिएको तालिमको आधारमा ७ जनालाई साहित्य परिषद प्यूठानको आजिवन सदस्य बनाएका छन ।
ऐरावती गाउँपालिका बाट पार्वती घर्ती,प्रार्थना सुनार,दुर्गा सुनुवार, उर्मिला घर्ती मगर र सिर्जना अधिकारी तथा गौमुखी गाउँपालिका बाट उजेली बि.क र मुना बोहोरालाई सदस्य बनाएका छन । महासचिव आचार्यले जिल्लालाई बिकास गर्नको लागि साहित्य मार्फत चेतना दिन चाहेकोले नयाँ पुस्तालाई अगाडि बढाउन हौसला र जिम्मेवारी दिएको बताए ।
समाजलाई समृद्ध बनाउनको लागि अग्रिम भुमिका रहने भन्दै ७ जनालाई सहित्य परिषदमा जोड्नको लागि आफूलाई साहित्य परिषद प्युठानको स्थापना दिवसको अवसरमा प्रदान गरिएको नगद पुरस्कार मार्फत उनिहरुलाई सदस्य बनाएका हुन् । ![]()








