प्युठान, ऐरावती गाउँपालिकामा अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन भएको छ ।
१८ गते ऐरावती खेलकुद मैदान झिवाङमा ऐरावती खेलकुद बिकास समितिका अध्यक्ष मोहन बहादुर बोहराको अध्यक्षता मा गाउँपालिका का कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू, खेलाडी,प्रहरी,पत्रकार र समितिका पदाधिकारी लगायतको उपस्थितमा प्रमुख अतिथिले ब्यानर वाचन र भलिबल सर्भिस गरेर प्रतियोगिता उद्घाटन गरिएको हो ।
प्रतियोगितामा महिला भलिबल तर्फ वडा नं २,३,४,५ र ६ का टिम सहभागी भएका छन भने पुरूष क्रिकेट र पुरूष भलिबलमा ६ वटै वडाबाट टिमहरू सहभागी भएका छन ।
ऐरावती गाउँपालिकाको आर्थिक सहयोगमा ऐरावती खेलकुद बिकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने टिमका लागि क्रमश नगद रू २५ हजार मेडल,प्रमाणपत्र र कप द्वितीय हुने टिमका लागि नगद रू २० हजार मेडल,प्रमाणपत्र र कप र तृतीय हुने टिमले नगद रू १५ हजार मेडल,प्रमाणपत्र र कप प्राप्त गर्नेछन् । प्रतियोगिता माघ २० गते सम्पन्न हुनेछ ।