प्युठान,नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्धारा ऐरावती गाउँपालिका १ दाङबाङमा रहेको दाङबाङ्ग माध्यामिक विद्यालयमा र वाड नं २ को जनकल्याण मा वि मा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

दाङबाङ्ग माध्यमिक विद्यालय र जनकल्याण मा वि का कक्षा ९ र १० मा अध्यानरत विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको थियो ।

सो अवसरमा बोल्दै बैंक शाखा प्रबन्धकले अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न आर्थिक क्रियाकलप र व्यवस्थापनमा सहज हुने बताए ।

विद्यालयका प्रधानाध्यापक तुलसीराम आचार्य र रेशम बहादुर जी सी ले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभयको थियो । साथै निकट भबिस्यमा अन्य स्थानमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।