प्युठान,ऐरावती गाउँपालिकाको वडा नं ६ धनफुलेमा रहेको देवाली सामुदायिक वन उपभोक्ता समिति को आयोजनामा आगलागी नियन्त्रणको लागि अग्नी रेखा तयार गरिएको छ ।

बैशाख २२ गते नारायण वि.क को अध्यक्षतामा वन उपभोक्ताहरूको सहभागीता मा आगलागी नियन्त्रणको लागि अग्नी रेखा तयार गरिएको हो । देशका धेरै ठाउँमा आगलागी ले ठुलो जनधनको क्षति भइरहेकाले उपभोक्तहरू त्रसित रहेको अध्यक्ष नारायण वि.क ले बताउनुभयो ।

आगो नियन्त्रण गर्न अग्नी रेखाले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अग्नि रेखा भन्नाले वन जंगलको झाडीमा लागेको डढेलो रोक्न बोटविरुवा तथा अन्य बल्ने वस्तुहरू नभएको खाली क्षेत्रलाई बुझिन्छ ।