प्युठान, ऐरावती गाउँपालिकाको वडा नं ६ ले महिलाहरूका लागि १२ दिने पञ्चेबाजा बजाउने तालिम दिएको छ ।
वडाले पञ्चेबाजा संरक्षण कार्यक्रम अन्तर्गत मडाईमा रहेको समाजकल्याण स्वाबलम्बन समुहका महिला सदस्यहरू र जनता मावि बिजुलीमा अध्ययनरत ३ जना छात्र र २ जना शिक्षकलाई तालिम दिएको हो ।
पञ्चेबाजा संरक्षण तथा तालिमलाई निरन्तरता दिन अहम भुमिका रहने वडा अध्यक्ष भरत खड्काले बताउनुभयो । 








