प्युठान, प्युठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले साउन ८ गते परेको आफ्नो जन्मदिनको अवसरमा प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ च्युरापानी स्थित जनता माध्यमिक विद्यालयमा पचास हजार (५०,०००/)- रूपैंयाको अक्षयकोष स्थापना गर्ने बताएका छन ।
प्रतिनिधिसभा सदस्यले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकबाट पार्टीको लेबी र कर कट्टी रकम बाहेक बाँकी रकमको अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याजबाट हरेक बर्ष विद्यालयका जेहेन्दार र बिपन्न विद्यार्थीलाई रामबहादुर थापा गोपाल स्मृति छात्रवृत्ति प्रदान गरिने थापाले जनाएका छन ।
नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरूट अभियानमा सहभागी हुन जानेक्रममा २०७९ चैत २० गते माण्डवि गाउँपालिका ५ आँपचौरमा राम बहादुर थापा गोपालको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।
थापाको स्मृतिमा थापाले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्न लागेको प्रतिनिधिसभा सदस्य सुर्य थापाले बताए ।








