प्युठान, ऐरावती गाउँपालिकामा स्टोम फाउन्डेसन र कालिका विकास केन्द्र नेपालको साझेदारीमा सञ्चालित ‘विलिफ’ परियोजना अन्तर्गत संवाद कक्षा सञ्चालनका लागि संवाद सहजकर्ताहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । साउन ८ गतेदेखि ऐरावती २ बरौंलमा चलिरहेको तालिम १४ गते समापन भएको छ ।
६ दिनसम्म चलेको तालिममा चेतनाका स्तर,जीवनोपयोगी सीप,संवाद सहजीकरण सीप,सामाजिक सवाल,सवाल,न्यूनीकरणका उपाय,स्वाबलम्बन समूह तथा नेतृत्व,किशोरावस्था,प्रजनन स्वास्थ्य,गरीबी,गरीबीका कारण र असरहरू,सेवा प्रदायक निकायको पहिचान तथा तीनले दिने सेवा सुविधा,इन्टरनेट र सामाजिक सञ्जाल र त्यसको प्रभाव र विवेकशील उपयोगका तौरतरिका,मानसिक स्वास्थ्य, आत्महत्याको कारण रन्यूनीकरणका उपाय,जलवायु परिवर्तन यसका कारण,असर,अनुकूलताका उपायहरू,अधिकार तथा जिम्मेवारी,मानव अधिकार,बाल अधिकार,महिला अधिकार, अपाङ्ग भएका व्यक्तिको अधिकार ,सन्तुलित आहार,न्यूनपोषणयुक्त खाना र यसले स्वास्थ्यमा पार्ने असर,घर बगैंचा र यसको महत्त्व,अभिभावक संवाद,बाल बगैंचा सञ्चालन विधि र प्रक्रियाको बारेमा छलफल गरिएको हो ।
तालिममा परियोजनाको कार्यक्षेत्र वडा नं २,४,५ र ६ वडाका ३३ जना सहजकर्ताले तालिम लिएका हुन ।
४ वटा वडाका ३३ वटा संवादकेन्द्र मार्फत ८२५ जना र वडा नं २,३,४ र ५ वडाका माविहरुमा सञ्चालन हुने ४ वटा संवादकेन्द्र मार्फत १०९ जना किशोरकिशोरीहरू विद्यालय संवादमा सहभागी हुने कालिका विकास केन्द्रले जानकारी दिएको छ ।
सोमबार सम्पन्न तालिमको सहजीकरण सिवा रेग्मी र रिता खनालले गर्नुभएको थियो ।