चितवन,

माडी नगरपालिकाका युवाहरु सँग ग्लोबल एक्शन महिनाको सन्दर्भ पारेर बालबालिका र युवाको वातावरणीय अधिकार र जलवायु न्याय सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल युथ नेट्वोर्क माडी नगर स्तरीय युवा संजालका अध्यक्ष मिलन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख वक्ता टि डि एच जर्मनीका नेपाल कार्यक्रम संयोजक , वातावरणीय अधिकार संजाल नेपालका केन्द्रिय संयोजक , वातावरण विज्ञ अमृत देवकोटाले युवाहरूलाई वातावरण , वातावरणीय अधिकार, जलवायु परिवर्तन , जलवायु न्याय र युवा र बालबालिकाको भुमिकाका सन्दर्भमा प्रशिक्षण दिनु भयो ।

दिगो बिकासका लागी राष्ट्रिय युवा संजाल नेपाल , सिविस र टि डि एच जर्मनीको संयुक्त आयोजनामा भएको यो कार्यक्रममा युवाहरूले आफ्नो क्षेत्रको पर्यावरणीय समस्या र त्यस्ले उत्पन्न गरेका विविध विषयहरुमा अन्तरक्रिया गरेका छन । नेपाल युथ नेट्वोर्कका केन्द्रिय अध्यक्ष सौरभ खनालको बिशेष उपस्थितिमा अन्तरक्रिया सम्पन्न भयो ।