प्युठान, जन्मदिनको अवसरमा विद्यायलमा सहयोग ।ऐरावती खेलकुद विकास समितिका कोषाध्यक्ष हरि प्रसाद आचार्यले भदौ ३० गते परेको आफ्नो जन्मदिनको अवसरमा ऐरावती-६ बैरेनी दमारमा रहेको शान्ति प्राथमिक विद्यायमा दुईवटा छत पङ्खा र विद्यार्थीलाई खाजा प्रदान गरेका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक अभिभावक संघका अध्यक्ष विद्यालयमा कार्यरत शिक्षकहरू र अध्ययनरत विद्यार्थीको उपस्थितिमा पङ्खा प्रदान गरिएको हो ।
आचार्यले पछिल्लो समयमा जन्म दिन मनाउने पश्चिमा संस्कृतिले फजुल खर्च सँगै सहयोगी भावनालाई मेटाउँदै गएकाले जन्मदिनमा सहयोग गरेर मनाउने चलनले सहयोगी भावनाको विकास हुने बताएका छन , उनलेे केही बर्षदेखी असहाय अशक्त,विपन्न र सामाजिक क्षेत्रमा सहयोग गरेर जन्मदिन मनाउँदै आएको बताए ।