प्यूठान, प्युठान देखि दैनिक भारतको दिल्ली पुग्ने नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि ले सोमबारदेखि नेपाल भारत मैत्री बस सेवा सञ्चालन गरेको हो ।![]()
उक्त बस सेवाको ओैपचारिक उद्वघाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले गर्नु भएको छ । स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा .लि ले यसअघि हप्तामा दुई दिन दिल्लीका लागि बस सञ्चालन गरिएकोमा अहिले दैनिक रुपमा नेपाल भारतमैत्री बस सेवा शुरु गरिएको जनाएको छ ।![]()
अहिले प्यूठानदेखी दिल्ली चल्ने ६ वटा बस सञ्चालनमा ल्याईएको प्रालिले जनाएकोछ । प्युठान, रोल्पा, दाङ, अर्घाखाँची र गुल्मीका यात्रुलाई यस रुटबाट सहज सेवा उपलब्ध हुने यातायात व्यवसायी धिरज पण्डितले बताउनुभयो । मन्त्री राणाले आफु प्यूठानमा यातायात व्यवस्था कार्यालय स्थापनाको तयारीमा लागेको बताउनु भएको छ ।![]()







