रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुसार त्रिवेणी गाउँपालिका वडा नं. ५ हान्जबाङका  ४२ वर्षीय चन्द्रकलि वलिकाे मृत्यु भएको हो ।

 

घटना आज दिउँसो १ बजेर ३० मिनेटमा भएको प्रहरीले बताएको छ । घरमा सामान्य क्षति भएको बताईएको छ ।