प्युठानको ऐरावती गाउँपालिका – २ बरौंलामा रहेको सेभेन स्टार विकास केन्द्र द्वारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता ‘बरौंला प्रिमिएर लिग’ उद्घाटन भएको छ ।
सेभेन स्टार विकास केन्द्रका उपाध्यक्ष हरि ज्ञवालीको अध्यक्षतामा ऐरावती गाउँपालिका का उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा ऐरावती – ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोका मगर,मोती माविका शिक्षक हुकुम जि सी,महेन्द्र माविका शिक्षक मदन राउत,प्रहरी चौकी बरौंलाका असइ हिरा बहादुर गुरूङ, लगायत सेभेन स्टार विकास केन्द्रका सदस्यहरू तथा स्थानीय दर्शक हरूको उपस्थितिमा प्रमुख अतिथिले व्यानर पढेर र व्याटिङ गरेर खेलको उद्घाटन भएको हो । लिगमा लुम्बिनी प्रदेशका बाँके,दाङ,प्युठान,रूपन्देही,गुल्मी जिल्लाका २० टिम दर्ता भएका छन ।
हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा स्थानीय स्तरका खेलाडीहरू लाई जिल्ला र राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले खेल आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता ऐरावती गाउँपालिका ५ झिवाङ्ग खेलमैदान सुरु भएको छ । प्रतियोगितामा बिजेता हुने टिमले नगद रू. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमलाई नगद रू. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी ले नगद रू ५ हजार, उत्कृष्ट बलरले नगद रू ३ हजार र उत्कृष्ट ब्याट्सम्यान ले नगद रू ३ हजार प्राप्त गर्नेछन ।








