देउखुरी । दाङको देउखुरीमा मंगलबार बेलुका स्कुल बसले ठक्कर दिदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

पुर्व पश्चिम राजमार्ग लमही–भालुवाङ सडक खण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नं ८ बिजौरीका २० वर्षीय किशन शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

निजि विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले अहिले पुर्व पश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध गरेका छन ।

सोहि सडक खण्डमा हिजो बेलुका मालबाहक ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा एक युवकको मृत्यु भएको थियो ।