प्युठान जिल्लामै पहिलोपटक नौबहिनी गाउँपालिका ले आफ्नै पालिका गान बनाउने भएको छ ।
पालिकाको गत पुस २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिका गान बनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो। उहाका अनुसार ४० देखि बढीमा ६० शब्दमा पालिका गान बनाउनुपर्नेछ ।
जसका लागि खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गान बनाउन सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो।
उत्कृष्ट्र पालिका गान तयार गर्नेलाई ३० हजार नगद पुरस्कार प्रदान गरिने सूचनामा बताइएको छ ।