ऐरावतीमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

ऐरावती गाउँपालिकाको आयोजनामा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि गाउँपालिकाको खेलमैदान झिवाङ्गमा सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिताको आइतबार सम्पन्न भएको हो ।

आइतबार सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण ६ रजत र २ कास्य गरि जम्मा २२ पदक प्राप्त गरि जनता माध्यमिक विद्यालय बिजुली प्रथम भएको छ भने दोस्रोपटक शिल्ड हात पारेको छ । यस्तै ५ स्वर्ण, ८ रजत र ८ कास्य गरि जम्मा २१ पदक प्राप्त गरि धर्मोदय माध्यमिक विद्यालय जाबुने द्वितीय भएको छ । ५ स्वर्ण, ७ रजत र ६ कास्य गरि जम्मा १८ पदक प्राप्त गरि मोती माध्यमिक विद्यालय बरौंला तृतीय भएको छ । मार्चपास मा जनता माध्यमिक विद्यालय बिजुली उत्कृष्ट भएको छ ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा गोविन्दराज पोख्रेलको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट थ्रो, ज्याब्लिङ थ्रो लगायतका खेलहरुको आयोजना गरिएको थियो ।

रनिङ शिल्ड प्रतियोगितामा ऐरावतीका ७ वटा माध्यमिक विद्यालयबाट विभिन्न विद्याका खेलहरुमा करिब २ सय भन्दा धेरै विद्यार्थीहरु सहभागी भएका हुन ।