प्युठान, ऐरावती ३ जाबुनेमा महिला,पुरूष भलिबल तथा नृत्य प्रतियोगिता सम्पन्न ।
ए जे स्टार क्लबको आयोजनामा माघ ३ गतेदेखि सुरु भएको खेलकुद तथा नृत्य प्रतियोगिता माघ ५ गते सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रवीण आले मगरको अध्यक्षतामा वडा नं ३ का वडा अध्यक्ष पदम बहादुर जि.सी को प्रमुख आतिथ्यतामा वडा सदस्य भिम बहादुर गाहा मगर, वडा सचिव लिलामणी सुनार, प्रहरी चौकी बरौंलाका प्रमुख हिरा बहादुर गुरूङ क्लबका सचिव खुमन वि.सी लगायतका क्लबका पदाधिकारी तथा सहभागी खेलाडीहरू र स्थानीयहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
महिला भलिबल तर्फदर्भान को टिम प्रथम भई नगद ६ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको बरौंलाको टिमले नगद ३ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरूष भलिबल तर्फ प्रथम भएको ए.जे स्टार क्लब ले नगद २५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको सुजिनपुर टिमले नगद १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
नृत्य प्रतियोगितामा प्रथम भएको ए.जे स्टार क्लबले नगद ३ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको सरङ्गबेसी नृत्य समुह ले नगद २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय भएको के.आर नृत्य समुहले नगद १५ सय मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।









